एजेन्सी ।  संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयासहरु गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमास र इजरायलबिचको युद्धविराम सम्झौता भएको लामो समय पछि पनि राहत प्रयासहरू जारी रहेको जनाएको छ ।

मानवीय मामिला तथा आपतकालीन राहत संयोजकका लागि संयुक्त राष्ट्रसङ्घका उपमहासचिव टम फ्लेचरले विज्ञप्तिमा जारी गर्दै १० लाख भन्दा बढी मानिसलाई खाद्यान्न सहायता प्रदान गर्ने, पोषण केन्द्रहरू पुनः खोल्ने र खोप अभियान पुनः सुरु गर्ने जनाएका छन् । यसका साथै उनले पानीका लाइनहरू मर्मत गर्ने, अस्पतालहरूलाई पुनस्र्थापना गर्ने र सञ्चालनमा ल्याउने जाडोको कपडा वितरण गर्नुका साथै मनोसामाजिक सहायता सेवाहरू प्रदान गर्ने जस्ता मानवीय कार्यहरू जारी रहेको बताएका छन् ।

advertisement

यद्दपी धेरै अवरोधहरू बाँकी रहेको जनाउदै यसलाई पार गर्न, आवश्यक मानवीय साझेदारहरूलाई सक्षम बनाउन, थप सिमाहरु मार्गहरू खोल्न र निरन्तर शान्ति सुरक्षा प्रवद्र्धन गर्न काम गरिरहेको फ्लेचरले बताएका छन् ।

प्रतिबन्धहरू कम भएमा संयुक्त राष्ट्रसंघले जीवन बचाउन अझ धेरै कार्य गर्न सक्ने उल्लेख गर्दै उनले नाजुक अवस्था र निरन्तर अवरोधहरूको बाबजुद, संयुक्त राष्ट्रका एजेन्सीहरू तथा साझेदारहरू गाजामा सहायता पुगाउन निरन्तर सक्रिय रहेको जनाएका छन् ।

 

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com