काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले अनिवार्य अवकाशमा जानुअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाइ भेट गरेका छन् ।

बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेका आईजीपी खापुङले मन्त्री अर्यालसँग औपचारिक बिदाइ भेट गर्दै आफ्नो कार्यकालमा पाएको सहयोग र विश्वासका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

advertisement

बिदाइ कार्यक्रममा गृहसचिव रामेश्वर दंगाल, मन्त्रालयका सहसचिव तथा उपसचिवहरू, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरू सहित मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो ।

यसअघि आईजीपी खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग समेत शिष्टाचार भेट गरी बिदाइ गरेका थिए । उनले प्रधानमन्त्रीसँग पनि आफ्नो कार्यकालका अनुभव र भावी सुरक्षात्मक प्राथमिकताबारे संक्षिप्त कुराकानी गरेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी दानबहादुर कार्कीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । आईजीपी खापुङ आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने छन् ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com