काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै नयाँ एकतापछि उनीहरूको “होस गुमिसकेको” टिप्पणी गरेका छन्।

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा औपचारिक रूपमा समावेश गर्ने कार्यक्रममा बोल्दै नेता नेपालले नेकपा (प्रचण्ड–माधव) गठनपछि मुलुकको राजनीतिमा ठूलो तरङ्ग आएको दाबी गरे।

advertisement

उनले भने, ‘हाम्रो एकताले कतिपयको होस हवास नै हराएको जस्तो देखिन्छ। तर त्यसरी गालीगलौज गरेर होस फिर्ता आउने होइन। बरु हामीलाई धन्यवाद दिनुस् — ‘तपाईंहरूले बिगारेको हामीले मिलायौं’ भनेर धन्यवाद प्रस्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मलहम लगाउने काम हुनेछ।’

नेपालले आफ्नो पार्टी देश र जनताको वास्तविक हितमा समर्पित भएको उल्लेख गर्दै भने, ‘जनताको पक्षमा दृढ भएर उभिने पार्टी यही हो — हाम्रो पार्टी, नेपाली कम्युनिस्ट पार्टी।’

उनले पार्टी एकताको प्रक्रिया अझै नरोकिने स्पष्ट गर्दै राष्ट्रिय हित र राजनीतिक स्थायित्वका लागि वाम शक्तिहरूलाई एकताबद्ध गराउने अभियान निरन्तर जारी रहने बताए।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com