काठमाडौं ।  टर्कीको सेनाले प्रयोग गर्दै आएको कार्गो विमान जर्जियामा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

अजरबैजानस्थित गन्जाबाट टर्कीका लागि उडेको विमान जर्जीयामा दुर्घटनामा परेको हो । सेनाले प्रयोग गर्दै आएको विमान दुर्घटनामा परेको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

advertisement

विमान दुर्घटना हुँदा सो विमानमा रहेको सबै २० जना यात्रुको मृत्यु भएको समाचारमा जनाइएको छ । दुर्घटनाबारे थप खोजीका लागि अनुसन्धानकर्ता घटनास्थलमा पुगेर जर्जीयाका अधिकारीसँगको समन्वयमा भग्नावशेषको निरीक्षण शुरु गरेका छन् ।

 

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com