बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले गत हप्तामात्रै लामिछानेको मूल मुद्दाको प्रतिलिपि माग गर्ने आदेश दिएपछि थप कानुनी प्रक्रिया अघि बढेको थियो ।

advertisement

उच्च अदालत बुटवल तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार आज उक्त मुद्दाको सुनुवाइ पेसी तोकिएको हो । सुप्रिम सहकारीमा ठगी गरेको आरोपमा लामिछाने पुर्पक्षका लागि थुनामा छन् ।

उनले सहकारीमा आफ्नो जिम्मेवारीअनुसारको बिगो रकम दाखिला गर्दै जमानतका लागि निवेदन दिए पनि रुपन्देही जिल्ला अदालतले गत साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्ला अदालतको निर्णयविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए । सहकारी ठगीसँगै सङ्गठित अपराधको अभियोगसमेत जोडेर मुद्दा हेरिएको छ ।

सुप्रिम सहकारी प्रकरणमा अभियोजन दर्ता गर्दा रवि लामिछानेसहितका प्रतिवादीहरूलाई कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बराबरको सामूहिक बिगो कायम गरिएको छ । त्यसमा लामिछानेले आफ्नो चौथाइ भागअनुसार २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत निवेदनसहित अदालतमा पेस गरेका छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com