काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार चुनावी वातावरण बनाउन केन्द्रित भएको बताएका छ्न । यो सरकार चुनावी सरकार भएपनि सुशासन प्रत्याभूतिको लागि सक्रिय भएर काम गरेको उनको दाबी छ । आज (बिहीबार) सिंहदरबारमा बसेको राष्ट्रियसभाको समितिको बैठकमा उनले यस्ते बताएका हुन् ।

समितिले आज निर्वाचनको तयारी र सुरक्षाबारे छलफल गर्न गृहमन्त्रीलाई बोलाएको थियो । सो क्रममा उनले सरकार निर्वाचनको तयारीको लागि सरकार द्रुत गतिमा लागिपरेको र वातावरण बनाउने काम गरेको विश्वास दिलाए ।

advertisement

तर, चुनावको तयारीसँगै सरकारले सुशासन कायम गर्नेगरि काम गरेको पनि उनको दाबी छ । उनले भने,‘सुशासन दिन नसके विद्रोह हुने रहेछ भन्ने प्रस्टसँग देखिएको छ। सुशासन सरकारको नियमित र उच्च प्राथमिकताको काम हो भन्ने हामीले बुझेका छौँ। सुशासन दिन नसक्दा विद्रोह हुने देखिसकेका छौँ। सुशासनको मामिलामा सचेत छौँ। माग सम्बोधन गर्छौँ।’

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com