काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिको नामावली सार्वजनिक गर्दै अभियानले आफ्नो दीर्घकालीन राजनीतिक तथा सामाजिक लक्ष्यहरू पनि प्रस्तुत गरेको हो ।

advertisement

अभियानले भ्रष्टाचार, विभेद र असमानतालाई देशका मुख्य शत्रुका रूपमा परिभाषित गर्दै तिनमाथि विजय प्राप्त गर्ने सङ्कल्प व्यक्त गरेको छ । साथै, सांस्कृतिक समानतामा आधारित समावेशी समाज निर्माण र नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने उद्देश्य पनि अघि सारिएको छ ।

कार्यक्रममा अभियानले विगतका सबै अग्रगामी आन्दोलनका सहिद, घाइते तथा बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने प्रतिबद्धता जनायो ।

त्यस्तै, देशभित्रका साथै विदेशमा रहेका नेपालीहरूबीच पनि प्रगतिशील राष्ट्रिय अभियानका सम्पर्क समिति गठन गर्ने तयारी भएको अभियानले जानकारी दिएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com