• Photo- QNN

एजेन्सी ।  इजरायली कब्जा बल (आइओएफ) ले बिहीबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी, छापा र हिंसात्मक अभियान सुरु गरी २५ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ ।

आइओएफले दक्षिणी अल–खलिलमा छापा मार्दा डुरा सहरमा १८ जना नाबलुसको दक्षिणमा बेइता र क्यारिउट गाउँहरूमा अन्य चार जना र तुलकार्मको उत्तरमा डेर अल–घुसुन सहरमा तीन जना प्यालेस्टिनी युवाहरूलाई पक्राउ गरेको प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए) ले रिपोर्ट गरेको छ ।

advertisement

अभियानको क्रममा, आइओएफले जेरुसेलम (अल–कुद्स) को उत्तरपश्चिममा रहेको अल–कुबायबा सहरको एउटा पार्क क्षतिग्रस्त बनाएको बताइएको छ ।

गिरफ्तारी वेस्ट बैङ्क क्षेत्रमा इजरायली कब्जा बलले सुरु गरेको प्यालेस्टिनी नागरिक विरुद्धको अभियान तथा नीतिको कार्यन्ययनको रूपमा अगाडी बढाइएको जनाइएको छ । जसको उद्देश्य प्यालेस्टिनीहरूलाई त्रसिद बनाउनु उनीहरूको आवागमनलाई प्रतिबन्धित गर्नु, जीवन यापन असहज बनाई बर्हिगमनको लागि बाध्य पार्नु र कैदीहरूलाई रिहा गर्नु रहेको जनाइएको छ ।

 

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com