रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थप प्रमाण झिकाउन आदेश दिएको छ।

बिहीबार न्यायाधीशद्वय ओमप्रसाद अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले ‘थप मिसिल आवश्यक रहेको’ निष्कर्ष निकाल्दै सम्बन्धित प्रमाण झिकाउन निर्देशन दिएको हो।

advertisement

उक्त मुद्दामा लामिछाने र उनका व्यवसायिक साझेदार तथा गोर्खा मिडियाका पूर्व सञ्चालक पूर्व डिआइजी छविलाल जोशीले बिगोबापतको रकम तिरेर थुनाबाहिरै पुर्पक्ष गर्न पाउने अनुमति माग्दै उच्च अदालतमा निवेदन दिएका थिए।

यसअघि कात्तिक २० गते पनि सोही इजलासमा दुवै जनाको निवेदनमाथि सुनुवाइ भएको थियो। त्यतिबेला अदालतले प्रारम्भिक मिसिल माग्न आदेश दिएको थियो। पछिल्लो आदेशमा भने अदालतले ‘थप प्रमाण र सम्बन्धित मिसिल आवश्यक’ भन्दै पुनः झिकाउन निर्देशन दिएको हो।

अहिले मुद्दाको मिसिल संकलन भएपछि मात्रै आगामी सुनुवाइको मिति तोकिने अदालतले जनाएको छ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com