काठमाडौं । नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कार्यभार सम्हाले लगत्तै प्रहरीका तल्लो तहका जवान र अधिकृतहरूलाई राहत दिने पहिलो निर्णय गरेका छन्। उनले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मका प्रहरीका लागि सहुलियतपूर्ण कर्जा सुविधा बढाउने घोषणा गरेका हुन्।
प्रहरी प्रधान कार्यालयमा औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेपछि आईजीपी कार्कीले आकस्मिक अवस्थाका लागि सहुलियतपूर्ण अल्पकालीन कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरे। यसका लागि १० करोड रुपैयाँ छुट्याइने भएको छ।
यस कर्जामा पाँच प्रतिशत ब्याजदर कायम रहनेछ। आईजीपी कार्कीको भनाइमा, ‘प्रहरी कर्मचारीहरूको आकस्मिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले यो कदम उठाइएको हो।’
उनको यो निर्णयलाई प्रहरी संगठनभित्र ‘सकारात्मक सुरुवात’ का रूपमा लिइएको छ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार











प्रतिक्रिया