काठमाडौं । नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कार्यभार सम्हाले लगत्तै प्रहरीका तल्लो तहका जवान र अधिकृतहरूलाई राहत दिने पहिलो निर्णय गरेका छन्। उनले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मका प्रहरीका लागि सहुलियतपूर्ण कर्जा सुविधा बढाउने घोषणा गरेका हुन्।

प्रहरी प्रधान कार्यालयमा औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेपछि आईजीपी कार्कीले आकस्मिक अवस्थाका लागि सहुलियतपूर्ण अल्पकालीन कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरे। यसका लागि १० करोड रुपैयाँ छुट्याइने भएको छ।

advertisement

यस कर्जामा पाँच प्रतिशत ब्याजदर कायम रहनेछ। आईजीपी कार्कीको भनाइमा, ‘प्रहरी कर्मचारीहरूको आकस्मिक आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले यो कदम उठाइएको हो।’
उनको यो निर्णयलाई प्रहरी संगठनभित्र ‘सकारात्मक सुरुवात’ का रूपमा लिइएको छ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com