काठमाडौं ।  सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन् ।  रास्वपाका एक नेताले  ग्लाेबलनागरिकसँगको कुराकानीमा उनले नयाँ अभियानमा जानका लागि आफूले रास्वपा त्यागेको जानकारी दिए ।

परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको रास्वपा स्रोतले जनाएको छ ।

advertisement

 

रास्वपाका प्रमुख सचेतक समेत रहेका परियार माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ ।  केहि समयदेखी उनले पार्टीमा फरक मत राख्दै अाएका  थिए ।  यसअघि नै रास्वपाबाट सुमना श्रेष्ठले पनि राजीनामा दिएकी थिइन् ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com