काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गम्भीर आन्तरिक विवाद चुलिन लागेको संकेत देखिएको छ। शुक्रबार मात्रै विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक तथा निवर्तमान सांसद सन्तोष परियारले साधारण सदस्यतासमेत त्याग्दै पार्टीबाट बाहिरिने घोषणा गरेका छन्। उनले आफ्नो राजीनामा पत्र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई औपचारिक रूपमा बुझाइसकेका छन्।
परियारको राजीनामासँगै रास्वपामा असन्तोषको तरंग विस्तारै सतहमा देखा पर्न थालेको छ। त्यही क्रममा, पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जालमार्फत खुलेर असन्तुष्टि व्यक्त गरेका छन्।
फेसबुकमा राखिएको स्टाटसमा कार्कीले लेखेका छन्, ‘समस्याहरू सतही छैनन्, धेरै गहिरा छन्। खतरा देखेर सावधान गराउनेलाई नै दुश्मन ठानियो भने दुर्घटना त अनिवार्य हुन्छ।’
उनले अर्को टिप्पणी गर्दै संगठनभित्र अनदेखा गरिएका चेतावनीहरूलाई पनि संकेत गरेका छन्— ‘कहिलेही नराम्रो खबर ल्याउने मान्छेलाई दोष नदिनू भन्छन्, हुलाकीको गल्ती हुँदैन।’
यी अभिव्यक्तिहरूले रास्वपाभित्र गम्भीर मतभेद र नेतृत्वप्रति बढ्दो असन्तोष सतहमा आउन थालेको देखिन्छ।
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया