बैतडी ।  पाटन नगरपालिका–६ का वीरभान बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी रविराज जोशीले जानकारी दिए । हत्यामा संलग्न पाटन–६ की भागरथी बिष्ट, पाटन–६ कै ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो ।

advertisement

यस्तै अर्का एक १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको सूचना अधिकारी जोशीले बताए । गाउँकै बुहारी नाता पर्ने भागरथीको घरमा २०८१ असार १ गते हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डको घङाल खोलमा शव फालिएको थियो । असार ३ गते वीरभानको शव सो स्थानमा फेला परेको थियो ।

विसं २०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्पपक्षका लागि कारागार चलान गरिएको थियो ।

 

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com