काठमाडौं । मतदाता नामावली दर्ताका क्रममा देखिएको अत्यधिक चाप र जनउत्साहलाई मध्यनजर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्।
शुक्रबार अपराह्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुरा गर्दै प्रधानमन्त्री कार्कीले दर्ता प्रक्रियालाई सहज बनाउन समयावधि बढाउन माग गरेकी हुन्। यो जानकारी उनका प्रेस संयोजक राम रावलले सार्वजनिक गरेका छन्।
आयुक्त भण्डारीले आयोग यसबारे सकारात्मक रहेको र पाँच दिनसम्म म्याद थप्न सकिने सम्भावना प्रधानमन्त्रीलाई अवगत गराएको बताइएको छ।
राष्ट्रिय परिचयपत्रको विवरणकै आधारमा मतदाता नामावली दर्ता गर्न मिल्ने व्यवस्था गरेपछि बिहीबारदेखि अनलाइन दर्ताका लागि असाधारण भीड र प्राविधिक चाप बढेको थियो।
यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्या प्रति पनि चिन्ता व्यक्त गरेकी थिइन्। आयोगले ती प्राविधिक अवरोध क्रमशः समाधान गर्दै प्रक्रिया अघि बढिरहेको जानकारी दिएको छ।
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया