काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा उनहरूबीच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा मन्त्री अर्यालले जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकारले प्रयास गरिरहेको बताए ।

advertisement

राजदूत फेनले नेपालमा आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बेलायतको आवश्यक सहयोग रहने विश्वास दिलाए । उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने बताए ।

 

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com