एजेन्सी । बोस्नियाको टुज्ला सहरस्थित एक वृद्धाश्रममा नोभेम्बर ४ का साँझ भएको विनाशकारी आगलागीबाट मृत्यु हुनेको सङ्ख्या १५ मा पुगेको छ । टुज्ला विश्वविद्यालय क्लिनिकल केन्द्रले शुक्रबार थप दुई घाइतेको मृत्यु भएको पुष्टि गरेपछि मृतक सङ्ख्या बढेको हो ।

आगलागी वृद्धाश्रमको सातौँ तल्लाबाट सुरु भएको थियो, जहाँ अधिकांश बसोबास गर्नेहरू बिरामी र ओछ्यानमै रहेका वृद्धवृद्धा थिए। घटनाको राति नै ११ जनाको मृत्यु भएको थियो, जस मध्ये धेरैजसोको मृत्यु धुवाँसेवनका कारण भएको प्रारम्भिक पोस्टमार्टमले देखाएको छ । अन्य घाइतेहरु उपचारका क्रममा अस्पतालमै निधन भए ।
अहिलेसम्म पाँच जना घाइते उपचाररत छन्, जस मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

advertisement

अभियोजन पक्षका अनुसार आगलागीको कारण एउटा कोठामा रहेको रेडियोमा जडान गरिएको बिग्रिएको विद्युत् केबल भएको विज्ञहरूले पुष्टि गरेका छन् ।
घटनामा प्रहरी, दमकलकर्मी सहित ३० भन्दा बढी व्यक्ति समेत घाइते भएका थिए ।

 

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com