काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले गणतन्त्र स्थापना भएपछि देशलाई सही दिशामा लैजानुभन्दा उल्टै ‘भ्रष्टाचारतन्त्र र घुसखोरीतन्त्र’लाई संस्थागत गरेको कडा आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत मन्तव्य सार्वजनिक गर्दै उनले यिनै कारणले नेपाल आर्थिक रूपमा कमजोर बन्न पुगेको दाबी गरे। पुनका अनुसार देशलाई समृद्धतर्फ धकेल्न अब नयाँ पुस्ताका नेताहरूको सक्रिय राजनीतिक प्रवेश अपरिहार्य बनेको छ।

advertisement

मन्त्री पुनले लेखेका छन्, गणतन्त्र प्राप्त भएपछि पुराना नेताहरूले भ्रष्टाचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर देशलाई समृद्ध बनाउने बाटो पहिल्याउन सकेनन्। उनले अबको राजनीतिमा युवा पुस्ताको निर्णायक हस्तक्षेप आवश्यक भएको उल्लेख गर्दै युवाहरूलाई आगामी चुनावमा पूर्ण रूपमा सहभागी हुन आह्वान गरे।

आगामी फागुन २१ गते हुने आमचुनावलाई लक्षित गर्दै उनले १५ वर्ष पुगेका र अझै मतदाता नामावलीमा दर्ता नभएका युवालाई मंसिर ५ गतेभित्र अनिवार्य रूपमा नाम दर्ता गराउन अनुरोध गरे। युवा पुस्ताका नेताहरूलाई छानेर सरकार बनाउन अब सबै युवा मतदाताहरू सक्रिय हुनुपर्छ,पुनले भने।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com