काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा एक सात वर्षीया बालिकाको लडेर मृत्यु भएको छ। फुङ्लिङ–१० फुरुम्बु निवासी वीरबहादुर नुगोकी छोरी अर्पणा नुगो लिम्बू शुक्रबार साँझ दुर्घटनामा परेकी थिइन्।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरमा खेल्दै गर्दा लडेर बालिकाको घटनास्थलमै मृत्यु भएको हो।

advertisement

घटना भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव जिल्ला अस्पतालमा ल्याइसकिएको र पोस्टमार्टमपछि परिवारको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com