एजेन्सी ।  कोलम्बियाली सैनिकले भेनेजुएला सीमावर्ती एराउका प्रान्तमा गरेको बमबारीमा नौ जना विद्रोही लडाकू मारिएको कोलम्बियाको रक्षा मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

उक्त कारबाही राष्ट्रपति गुस्ताभो पेट्रोको निर्देशनअनुसार भएको हो, जसले कोकेन तस्करीमा संलग्न विद्रोहिहरूसँगको सङ्घर्षलाई तीव्र बनाउने प्रयास गरिरहेका छन् । राष्ट्रपति पेट्रोमाथि यसअघि विद्रोहिहरूसँग पर्याप्त कदम नचालेको आरोप लागेको थियो ।

advertisement

स्थानीय सञ्चार माध्यमले जनाएका अनुसार, यस हमलामा उच्चस्तरीय विद्रोही कमाण्डर एन्तोनियो मेडिनालाई मारिएको छ कि भन्ने विषयमा अनुसन्धान भइरहेको छ । मेडिना पूर्व–फार्क लडाकू र नेशनल लिबरेसन आर्मी (ईएलएन) समूहबीचको रक्तरञ्जित युद्धमा मुख्य भूमिकामा रहेका थिए ।
यस हप्ताको सुरुमा कोलम्बियाली सैनिकले अमेजन क्षेत्रमा रहेका एक पूर्व–फार्क उपसमूहमाथि हवाई हमला गर्दै १९ जना लडाकूको हत्या गरेका थिए ।

राष्ट्रपतिले विद्रोहिहरूसँगको युद्धलाई तीव्र बनाउने निर्देशन दिएका छन्, तर उहाँको प्रशासनलाई अमेरिकाबाट आलोचना पनि प्राप्त भएको छ । अक्टोबरमा अमेरिकाले पेट्रो, उनका श्रीमती, छोरा र एक उच्च अधिकारीमाथि ऐतिहासिक प्रतिबन्ध लगाएको थियो। ।

उनीहरूलाई मादक पदार्थ तस्करीमा सहकार्य गरेको आरोप लागेको थियो, यद्यपि अमेरिकाले प्रत्यक्ष प्रमाण प्रस्तुत गरेको छैन ।
पेट्रोले सन् २०२२ मा सत्ता सम्हालेपछि सशस्त्र कोकेन उत्पादक समूहहरूसँग वार्ता गर्न प्राथमिकता दिएका थिए । पेट्रो पुनः राष्ट्रपति बन्न नसक्ने भएकाले, आगामी चुनावमा यस आलोचनाले उहाँका राजनीतिक सहयोगीहरूलाई असर पुर्याउने सम्भावना छ ।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com