एएफपी । थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न भएको शंका लागेका दुई जनालाई ८१ म्याकाक बाँदर सहित नियन्त्रणमा लिएको छन्। कम्बोडिया सीमामा चेकजाँचका क्रममा गाडीभित्र निलो जालोमा बाँधेर राखिएको अवस्थामा बाँदरहरू फेला परेका हुन्।

शुक्रबार दिउँसो साराकेओ प्रान्तको अरान्याप्रथेत क्षेत्रमा गाडी रोकेर निरीक्षण गर्दा सैनिकहरूले अवैध रूपमा ल्याइएका म्याकाक भेटेका थिए। १२औँ रेन्जर फोर्स रेजिमेन्टले फेसबुकमार्फत दिएको जानकारीअनुसार ‘मेथाम्फेटामिन’का गोली र ‘क्रिस्टल मेथ’ पनि बरामद गरिएको छ।

advertisement

सोधपुछमा पक्राउ परेकाले थाइल्याण्डबाट कम्बोडियातर्फ बाँदर तस्करी गर्ने अन्तर्राष्ट्रिय नेटवर्कमा संलग्न रहेको स्वीकारेका छन्। उनीहरूलाई वन्यजन्तु संरक्षण तथा लागुऔषधसम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाइएको सैनिकहरूले जनाएको छ।

थाइल्याण्ड वन्यजन्तु तस्करीको प्रमुख मार्ग मानिन्छ। गत वर्ष थाइल्याण्डले म्याडागास्करमा करिब एक हजार दुर्लभ लेमुर र कछुवा फिर्ता पठाएको थियो। यस वर्ष मे महिनामा दुई ओरेङ्गुटानका बच्चा तस्करी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com