काठमाडौं । झापामा बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका–६ का ४२ वर्षीय राजु कटुवाल छन् ।
२७ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (कात्तिक २८) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
कटुवालले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया