काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले जेन–जी पुस्ताले स्थान पाउनुपर्छ भनेर गरिएको आन्दोलनपछि बनेको सरकार ७३ वर्षीया वृद्धालाई सुम्पिएको भन्दै व्यङ्ग्य गरेका छन्। शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै रावलले यस्तो बताएका हुन्।

‘१३ वर्षदेखि २८ वर्ष भएकाहरूले स्थान पाउनुपर्छ। अब अलि बुढापाका, उमेरले बुढा भएका मान्छेले जिम्मेवारी छोड्नुपर्छ भनेर मैले नारा लगाइरहेको सुनेको थिएँ,’ रावलले भने, ‘अनि ७३ वर्षको प्रधानमन्त्री किन बनाएको?’

advertisement

त्यो पनि लामो समयसम्म राज्यको उच्च तहमा बसेको मान्छेलाई बनाएको भन्दै उनले आक्रोश पोखे। ‘राज्यको सुविधा लिएर, आनन्दसँग निवृत्तिभरण खाएर, आफ्ना सन्तान अमेरिका पठाएर बसिरहेकी व्यक्तिलाई। यो के हो?,’ उनले प्रश्न गरे।

ऊर्जा मन्त्री कुलमान घिसिङले भारतमा गएर गरेको विद्युत् खरिद सम्झौतामाथि पनि उनले प्रश्न उठाए।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com