काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएका टिप्पणी र आलोचनाप्रति सम्मान व्यक्त गर्दै नेतृत्वले वर्तमान परिस्थितिलाई गम्भीरतापूर्वक आकलन गरिरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी एकता र धैर्य आवश्यक रहेकोमा जोड दिए।

खड्काले भनेका छन्, आफूविरुद्ध आएका टिप्पणीहरू पनि मार्गदर्शनका रूपमा स्वीकार गर्ने बताएका छन्। उनका अनुसार देश र पार्टी दुबै संवेदनशील मोडमा रहेकाले निर्णय प्रक्रियामा केही समय लाग्नु स्वाभाविक भएको हो।

advertisement

“इतिहासमै देश र पार्टी प्रतिकूल अवस्थामा रहेका बेला हतारमा निर्णय गर्नुभन्दा केही ढिला भए पनि सही निष्कर्षमा पुग्नु आवश्यक छ,” उनले स्पष्ट पारे।

कावा सभापति खड्काले विगतका गल्ती–कमजोरी स्वीकार गर्दै जनतासँग माफी मागेर पार्टीलाई पुनः समस्याको समाधानकर्ताको रूपमा उभ्याउनुपर्ने आवश्यकता औंल्याए। उनले कांग्रेसले फेरि एकपटक परिवर्तन र समाधानको नेतृत्व लिन सक्ने गरी उपयुक्त निर्णयमा पुग्न नेतृत्व गम्भीर रूपमा अघि बढिरहेको उल्लेख गरे।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com