काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज दिउँसो ३ बजे गृह मन्त्रालयमा बस्ने भएको छ। शान्ति–सुरक्षासम्बन्धी वर्तमान व्यवस्थाको मूल्यांकन र आवश्यक रणनीति तय गर्न गृह मन्त्री ओमप्रकाश अर्यालले बैठक आह्वान गरेका हुन्।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा शान्ति–सुरक्षा महाशाखाका प्रमुखसहित शीर्ष सुरक्षा अधिकारीहरूको सहभागिता रहने मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार











प्रतिक्रिया