काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्न लागिएको छ। उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेश हुने छ, जहाँ अन्तरिम आदेश दिनेबारे छलफल प्रमुख एजेन्डा रहनेछ।

हाल राजनीतिक रूपमा अस्थिर देखिएको मधेश प्रदेशको सरकार एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन गरिएको हो। तर, पूर्व प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले बर्दिबास–३ कालापानीस्थित पानस होटलमा पुगेर यादवलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ खुवाएपछि विवाद चर्किएको हो।

advertisement

यस घटनापछि मधेश प्रदेशका ७४ सांसदले शपथ प्रक्रिया असंवैधानिक र विधिसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।

१०७ सदस्यीय प्रदेशसभामा एमाले बाहेकका सात दलले बहुमत निर्माणका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा वैकल्पिक सरकार गठनको मार्ग खोलिनुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com