काठमाडौं । लायन्स क्लव अफ काठमाडौं रञ्जना र लायन्स क्लव अफ काठमाडौं रञ्जना ब्रदर्शले उत्पत्तिका एकादशीको पावन अवसरमा भक्तजनहरूलाई शुद्ध पिउने पानी वितरण गरेका छन्।
उपत्यकाभरका चार प्रमुख नारायण मन्दिर-पूर्वमा चाँगुनारायण, पश्चिममा इचांगु नारायण, दक्षिणपूर्वमा विषंखु नारायण र दक्षिणपश्चिममा सेश नारायण—मा दर्शन तथा पूजा अर्चना गर्न आएका भक्तजनहरूलाई पानी वितरण गरिएको हो। परम्परागत विश्वासअनुसार यी चार नारायणहरूले उपत्यकालाई चारैतिरबाट सुरक्षा र समृद्धिको आशीर्वाद प्रदान गर्ने विश्वास गरिन्छ।
चार नारायण यात्रामा करिब ३०० जना तिर्थालुको सहभागिता रहेको लायन्स क्लव अफ काठमाडौं रञ्जना ब्रदर्शका चार्टर्ड प्रेसिडेन्ट लायन हरिकृष्ण दाहालले जानकारी दिएका छन्।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार













प्रतिक्रिया