काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाटन र समापन सत्र भृकुटीमण्डपमै हुनेछ। यस महाधिवेशनमा करिब २५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।
अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली फेरि उम्मेदवार हुने तयारीमा छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार











प्रतिक्रिया