काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बारामा आर्थिक वर्ष २०७९-८० का विभिन्न निर्माण कार्यका लागि आह्वान गरिएका २३ वटा बोलपत्रको सूचना सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाइएको उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो ।

advertisement

अनुसन्धानका क्रममा उक्त डिभिजनका तत्कालीन निमित्त डिभिजन प्रमुख यादव, लेखापाल प्रदिप दास तथा सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलले गैरकानुनी कार्य गरेको भेटिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । उनका अनुसार सार्वजनिक रूपमा सूचना प्रकाशन नै नगरी प्रभाव दैनिकको एक मात्र प्रति तयार पारी झुट्टा बिल भर्पाइका आधारमा सान्दर्भिक मिडिया नेटवर्क प्रालिलाई रु तीन लाख १६ हजार ५७० भुक्तानी गरेको पाइयो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) (ङ) बमोजिमको कसुरमा आरोपित सबैलाई रु तीन लाख १६ हजार ५७० बिगो कायम गरिएको छ ।

 

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com