काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पार्टीलाई ‘बुढापाकामात्रको पार्टी’ भन्ने टिप्पणी निराधार भएको बताएका छन्। आइतबार पेरिसडाँडामा बसेको उपलब्ध पदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सबै उमेर समूह र वर्गको प्रतिनिधि भएकै कारण त्यसलाई साँघुरो रूपमा व्याख्या गर्न नहुने बताए।

यो पार्टी बुढापाकाको मात्र होइन,नेता खनालले भने,युवादेखि बालबालिका, महिला, पुरुष सबैको साझा पार्टी हो।

advertisement

उनका अनुसार कम्युनिष्ट पार्टीको अवधारणा नै पाका, युवा, किशोर सबैलाई समेटेर सामूहिक नेतृत्वको बाटोमा अघि बढ्ने हो। त्यसैले नयाँ पार्टीले युवालाई विशेष प्रोत्साहन र प्राथमिकता दिने नीति लिने तयारी भइरहेको उनले स्पष्ट पारे।

अन्य दलहरूले गरेको ‘वृद्धहरूको पार्टी’ भन्ने टिप्पणीलाई खारेज गर्दै उनले भने,हाम्रो पार्टीलाई आरोप लगाउनु अघि आफैँले आफ्नो ऐना हेर्नु राम्रो।

नेता खनालले वामपन्थी शक्तिहरूबीच एकता कायम गर्न संवाद निरन्तर जारी रहेको जानकारी दिए।
उनका अनुसार अशोक राई र राजेन्द्र श्रेष्ठ नेतृत्वको पार्टीसँग लगातार संवाद भइरहेको छ र निकट भविष्यमै सकारात्मक नतिजा आउने अपेक्षा गरिएको छ।

अशोक कमरेडसँग पनि, राजेन्द्र कमरेडसँग पनि निरन्तर कुराकानी भइरहेको छ,खनालले भने,छिट्टै उहाँहरूको पार्टी पनि एकीकृत हुनेमा हामी आशावादी छौँ।

समाजवादी पार्टीबाट अलग भई छुट्टै राजनीतिक समूह निर्माण गरिरहेका घनश्याम भूसालसँग समेत संवाद भइरहेको उनले बताए।
केही दिनअघि घनश्याम कमरेडसँग कुराकानी भएको थियो, फेरि पनि हुन्छ, उनले भने।
भूसाल पक्षका विचारहरू स्थिर भएपछि कुन मोडेलमा एकता सम्भव हुन्छ भन्नेबारे विस्तृत छलफल गरिने उनले जानकारी दिए।

खानालले भूसाललाई मार्क्सवाद–लेनिनवाद र नेपाली विशेषतामा आधारित समाजवादको पक्षमा आफ्ना समर्थकहरूलाई संगठित गर्न सुझाव समेत दिएका छन्।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com