काठमाडौं । विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सले कीर्तिमान बनाएको छ । चालु आर्थिक वर्षको असोजमा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रमिट्यान्स भित्रिएको छ । मासिक रूपमा यो रकम हालसम्मकै उच्च हो । यसअघि २०८२ असारमा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो  ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ३५।४ प्रतिशतले वृद्धि भएको छ ।

advertisement

साउन–असोजसम्म रेमिट्यान्समार्फत ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स भित्रिने क्रम ३५।४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको थियो ।

राष्ट्र बैंकका अनुसार तीन महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९।२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०।६ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड र भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक बढ्दा रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com