काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्व राजा ज्ञानेन्द्र शाहको चर्चा भएको छ । अहिले देशमा जनमत संग्रह हुने हो भने पूर्व राजा ज्ञानेन्द्रले अत्याधिक बहुमत पाउने कांग्रेसका नेताहरुको आँकलन रहेको छ । कांग्रेस केन्द्रीय समितिमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन र पार्टीको महाधिवेशनलाई लिएर नेताहरुले किचलो झिकेपछि चन्द्रकान्त भण्डारीले पूर्व राजा ज्ञानेन्द्रले जनमत संग्रह गर्दा अहिले अत्याधिक बहुमत पाउने अवस्था रहे पनि उनी समयलाई चिनेर चुप बसेको बताए ।

नेता भण्डारीले असफल नेताहरुकै कारण देश जलेको भन्दै केन्द्रीय समितिको ध्यानाकर्षण गराए । उनले नेताहरुकै असफलताको कारण देश जलेको र जेन–जी आन्दोलनको क्रममा बच्चाहरु मारिएको बताए । उनले आफ्ना नेताहरुलाई नकराउन र समयलाई चिन्न आग्रह गरे ।

advertisement

‘तपाईँहरु कति कराउनुहुन्छ ? कति नचाहिने कुरा गर्नुहुन्छ ? अहिले यो देशमा जनमत संग्रह गर्यो भने पूर्व राजाको अत्याधिक बहुमत आउँछ । तर, उहाँ किन बोलिराख्नुभएको छैन भने उहाँले समय चिन्नुभएको छ । तपाईँहरुका कारणले यत्रो देश जल्यो, यत्रो बच्चाहरु मारिए, अझ तपाईँहरु कति कराइरहनुहुन्छ ? तपाईँहरु त एकदम असफल मान्छे हो । एकछिन त नकराइ बस्नुस्, समयलाई चिन्नुस् मैले भने,’– नेता भण्डारीले भने ।

  • रिपोर्टर्स नेपाल

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com