काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतको आदेश अवहेलनाको आरोपमा निवेदन दर्ता गरिएको छ।
राजदूत फिर्ता बोलाउने सरकारी निर्णयमाथि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना सम्बन्धी निवेदन दायर गरेका हुन्।
अदालतले सरकारलाई राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएपछि बाहिर रहेका राजदूतहरू परराष्ट्र मन्त्रालयमै हाजिर हुन आदेश जारी गरिएको थियो। हाल सबै राजदूत परराष्ट्रमा हाजिर रहेको मन्त्रालयले जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अवहेलना निवेदन दर्ता भइसकेको र यसको प्रारम्भिक पेसी मंसिर ८ गतेका लागि निर्धारण गरिएको छ।
निवेदनमा प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालय दुवैलाई अदालतको अवहेलनामा कारबाहीको माग गरिएको छ।
सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्कीविरुद्ध दर्ता भएको यो पहिलो अवहेलनासम्बन्धी निवेदन हो।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार











प्रतिक्रिया