काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) ले निर्वाचित अध्यक्ष सुजन कडरियालाई पदमुक्त गर्दै संगठनको नेतृत्व पुनर्गठन गरेको छ।
आज बसेको पदाधिकारी बैठकले कडरियालाई पदमुक्त गर्दै हालका महासचिव दीपक धामीलाई नयाँ अध्यक्ष चयन गरेको हो।
कडरियाले भदौ २३ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। पदाधिकारी बैठकले आज औपचारिक रूपमा उनीलाई पदमुक्त गरेको भए पनि कडरियाले आफू स्वेच्छिक रूपमा राजीनामा दिइसकेको दाबी गरेका छन्।
बैठकले वर्तमान उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने निर्णय गरेको छ। अन्य सबै पदहरू यथावत् रहने जानकारी पनि बैठकले दिएको छ।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार











प्रतिक्रिया