काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले देशको राजनीतिक सङ्कटसँग जुध्न सक्षम पार्टी भएको दाबी गरेका छन् । उनले एमालेलाई थप सुदृढ बनाउन आवश्यक रहेको बतउँदै यस्तो बताएका हुन् । हिजो (आइतबार) दैलेखको दुल्लूमा जिल्ला कमिटीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अस्थिरताबाट जोगाउन एमालेलाई ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

पोखरेलले भदौ २३ र २४ गते देशका विभिन्न संवैधानिक निकायमा भएको तोडफोडलाई ‘राज्यलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र’का रूपमा चित्रण गरे । उनले भने–‘सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्रविरुद्धको गम्भीर अपराध हो । हामी सङ्कटसँग भाग्ने होइन, त्यसको सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेका छौँ ।’ उनले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ सक्रिय रहन अपिल गरे ।

advertisement

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com