काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पनि हालतमा नरोकिने चेतावनी दिएका छन्।
सोमबार भक्तपुरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले सरकारलाई मागहरू जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको आरोप लगाए। उनले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबै नागरिकलाई भएको उल्लेख गर्दै, ‘हाम्रो आन्दोलनलाई रोक्ने कसैको सामर्थ्य छैन,’ भने।
प्रसाईंले जेनजी आन्दोलनले उठाएका मुद्दाभन्दा सरकारको ध्यान आगामी निर्वाचनमा मात्र केन्द्रित भएको प्रति असन्तुष्टि जनाए। उनले आफूहरूले अघि सारेका एजेन्डाबारे जनमत संग्रह गर्नुपर्ने आवश्यकता दोहोर्याउँदै, जनमत संग्रह नगरे आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार












प्रतिक्रिया