काठमाडौं । नेकपा नेता एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले दलितका नाममा विभेद गर्नेलाई ‘आजीवन काराबास’को व्यवस्था गर्न कानुन बनाएर कडाइपूर्वक लागू गर्नुपर्ने बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले संविधानमै ‘दलित’ शब्द राखिनु नै पापकर्म भएको दाबी गरे। उनले सो शब्दले समुदायलाई होच्याउने काम भएकाले तत्काल संशोधन गर्नुपर्ने धारणा राखे।

advertisement

गौतमले विभेद गर्ने व्यक्तिको सम्पत्ति जफत गरी पीडितलाई क्षतिपूर्ति दिने कानुनी व्यवस्था आवश्यक रहेको बताए।

उनले भने, ‘दलित भन्नु नै अत्याचार र अमानवीयता हो। थोरै मात्र व्यवहारमा विभेद देखिए पनि आजीवन कैद गर्नुपर्ने व्यवस्था मिलाउनुपर्छ।’

उनले राज्यले आवश्यक परे २० खर्ब रुपैयाँ खर्च गरेर भए पनि दलित समुदायका लागि आवास व्यवस्था सुनिश्चित गर्नुपर्ने सुझाव दिए। गौतमका अनुसार, समुदायलाई सम्मानजनक ठाउँ दिने प्रयासका सट्टा संविधानमै ‘दलित’ शब्द राखेर निरन्तर विभेद संस्थागत गरिनु अपराधसमान भएकाले अब यसको अन्त्य गर्नुपर्ने आवश्यकता छ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com