काठमाडौं । चुनावी प्रचारमा चुनाव चिह्न अंकित टोपी, टिसर्ट, ज्याकेट, गम्छा, मास्क वा झोला बोक्न नपाइने भएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदैछ । उक्त चुनावको लागि निर्वाचन आयोगले आचारसंहिता बनाएको छ ।

advertisement

आचारसंहिताको बुँदा नम्बर १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धी प्रावधान छ । जुन आचरण जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा समेत पालना गर्नुपर्ने हुन्छ ।

जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने हुन्छ । कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न हुँदैछ ।

स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइँदैन ।

जुलुस, आमसभा, कोणसभा वा भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबीस घण्टा अगावै जानकारी गराउनु पर्ने हुन्छ ।

आचारसंहितामा भनिएको छ, ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकीत लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने ।’

तर, उम्मेदवारले कागजमा आफ्नो तथा राजनीतिक दलको पहिचानको विवरण खुलाइएको पर्चा वितरण गर्न भने पाउनेछन् ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com