नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क प्र ११४५ नम्बरको यात्रुबाहक बस अगैया बजारमा ठोक्किँदा बर्दियाको गुलरिया नगरपालिका–६ बुद्धटोल बस्ने ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक क्षेत्रीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।
बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार












प्रतिक्रिया