काठमाडौं । विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि शानदार जित निकालेको छ ।

घरेलु मैदानको फाइदा उठाउँदै जर्मनीले स्लोभाकियाको पोस्टमा ६ गोल गरेको हो । स्लोभाकियाले भने जवाफी गोल गर्न सकेन।

advertisement

खेलको १८ औं मिनेटमा निक वोल्टेमाडेको गोलमा अग्रता लिएको जर्मनीका लागि २९ औं मिनेटमा सेर्ज ग्राब्रीले अग्रतालाई दोब्बर बनाए । उसका लागि पहिलो हाफमै थप दुई गोल लिरोय सानोले २६ र ४१ औं मिनेटमा गरे ।

पहिलो हाफमा ४–० को अग्रता लिएको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि खेलको ६७ औं मिनेटमा रिडले बाकुले पाँचौ गोल गरे भने ७९ औं मिनेटमा अस्सान ओएद्रागोले गोल गर्दै ६–० को शानदार जित निश्चित गरेका हुन् । यो जितसँगै जर्मनी २०२६ को विश्वकपमा छनोट भएको छ ।

 

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com