काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र सात दलबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ। दुवै पक्षले अलग–अलग विरोध प्रदर्शन गर्दै राजनीतिक तनावलाई अझ बढाएका छन्।
एमाले निकट नेता तथा कार्यकर्ताले आज जनकपुरको जनकचोकस्थित मन्दिर परिसरमा ‘संविधानको रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिऊँ’ भन्ने नारासहित धर्ना दिएका छन्। उनीहरूले प्रदेश सरकारलाई अब बिना अवरोध काम गर्न दिनुपर्ने मागसमेत राखे।
उता सात राजनीतिक दलको गठबन्धनले नवनियुक्त मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि निरन्तर धर्ना तथा विरोध कार्यक्रम जारी राखेको छ। उक्त समूहले नियुक्ति अवैधानिक भएको दाबी गर्दै कदम फिर्ता नलिइएको खण्डमा आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएको छ।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया