काठमाडाैं । निर्वाचन आयोगको मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच बढेको भन्दै सामाजिक सञ्जालमा बहस सुरु भएसँगै आयोगले यो उक्त व्यक्तिहरूमा मतदाता नामावली नरहेको प्रष्ट पारेको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आयोग सम्बन्धी आएका दाबीहरूमा ध्यानाकर्षण भएको जानकारी दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको छ। यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेका छन्।’

advertisement

निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको पीडीएफ फाइल निर्वाचनको लागि कानुनी रूपमा निर्वाचन कार्यालय र राजनीतिक दललाई उपलब्ध गराइएका सूचनाहरू भएको बताएको छ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com