काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य घटेर तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको हो । सोमबार सोही सुन तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा ३ हजार १५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया