काठमाडौं । पुनर्गठित नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालले नेताहरूको सत्ता–केन्द्रित स्वार्थले नेपालको वामपन्थी आन्दोलन गम्भीर संकटतर्फ धकेलिएको आरोप लगाएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै भुसालले भदौ २३ को ‘जेनजी आन्दोलन’ र २४ गतेका घटना–विध्वंसलाई समाजले दिएको चेतावनीपूर्ण सन्देशका रूपमा व्याख्या गरे। तर वामपन्थी नेताहरूले यसबाट कुनै पाठ नलिई ‘बालुवामा टाउको गाडेजस्तै’ बेवास्ता गरेको आरोप उनले लगाए।

advertisement

भुसालका अनुसार आगामी केही महिना र निर्वाचनसम्मको अवधिमा अझ ठूलो राजनीतिक दुर्घटना हुनसक्ने चेतावनी छ। उनले कम्युनिस्ट नेताहरूलाई गम्भीर संवाद र आत्मपरिवर्तनका लागि आह्वान गर्दै पार्टीहरू भित्रै स्वार्थ, पपुलिज्म, अहंकार, असहिष्णुता र मूल्यहीनता हाबी भएको टिप्पणी गरे।

विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओलीबारे कडा अभिव्यक्ति दिँदै भुसालले भने, ‘ओलीको आत्मप्रशंसा, उद्दण्डता, पपुलिज्म र मूल्यहीनताले पार्टीलाई भयानक दुर्घटनातर्फ धकेलिरहेको छ। नेपालको राजनीतिक संस्कृतिलाई यति प्रदूषित गर्ने अर्को कुनै व्यक्ति भेटिँदैन।’

उनका अनुसार ओलीले आफ्नो राजनीतिक जीवनको अन्तिमतिर गर्ने बाँकी मुख्य काम भनेकै ‘एमालेलाई कहिल्यै उठ्न नसक्ने अवस्थामा पुर्‍याउने’ हो, र सम्भवतः आगामी महाधिवेशनमै त्यो परिणाम देखिने दाबी उनले गरेका छन्।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com