काठमाडौं । सनातन हिन्दु राष्ट्रको एजेन्डा अघि बढाउँदै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आवश्यक भए राजसंस्था पुनर्स्थापनाका लागि आफू कुनै पनि सीमा पार गर्न तयार रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै भण्डारीले आफू राजावादी नभएपनि मुलुकको वर्तमान परिस्थितिका कारण राजसंस्था आवश्यक भएको बताए। ‘म राजावादी होइन, तर देशका लागि राजा आवश्यक भयो भने आफ्नो भूमिका निर्वाह गर्न र आवश्यक परे बलिदानी दिन पनि तयार छु,’ उनले भने।

advertisement

भण्डारीले पछिल्लो समय नेपाली राजनीतिमा नेताहरू कसरी उठ्छन् र पदप्राप्तिका लागि सिद्धान्त त्यागिने प्रवृत्ति बढिरहेको पनि औँल्याए। उनले नेपाली कांग्रेसभित्र यही प्रवृत्ति हावी भएको कारण आफूलाई बदनाम हुनुपरेको गुनासो पोखे। ‘आज कांग्रेसभित्र पदका लागि मान्छेले सिद्धान्त त्यागिरहेका छन्। यसै कारण म बदनाम भएको छु र आफैंलाई भ्रष्टाचारी कांग्रेसको हिस्सा ठान्छु,’ भण्डारीले भने।

उनले त्यस्तै मिडियाको भूमिकाप्रति पनि कटाक्ष गर्दै भने कि अब मिडियाले राजनीतिक असल–खराबलाई उजागर गर्ने बेला आएको छ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com