काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रशासनले अनुमति दिएको हो ।

अब हिरासतमा राखेर सोधपुछ तथा थप अनुसन्धान प्रक्रिया अघि बढ्नेछ, काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापाले भने। उनका अनुसार प्रसाईँले सार्वजनिक शान्तिमा खलल पुग्ने किसिमका अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान अघि बढाइएको हो।

advertisement

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com