काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग निरन्तर सकारात्मक संवाद चलिरहेको जनाएको छ।

मंगलबार नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले शाहसँग सहकार्यका सम्भावनाबारे सौहार्दपूर्ण ढंगमा छलफल भइरहेको जानकारी दिए।

advertisement

वाग्लेका अनुसार बालेन शाहको आफ्नै औपचारिक दल नभएकाले निर्वाचन आयोगले तोकेको दलीय समयसीमा उनीमाथि लागू नहुने र त्यसैले दुवै पक्षबीचको संवाद सहज र दबाबरहित वातावरणमा भइरहेका छन्।

‘उहाँसँग हाम्रो सकारात्मक, सौहार्दपूर्ण र कुनै पनि चापबिना इन्गेजमेन्ट भइरहेको छ,’ वाग्लेले भने।

बालेन शाह रास्वपामा प्रवेश गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले हालसम्म कुनै निष्कर्षमा नपुगेको बताए। “हामी निरन्तर संवादमा छौँ। उहाँ आउनुहुन्छ कि आउनुहुन्न, कुन भूमिकामा आउनुहुन्छ—यी सबै कुरा समयक्रममा स्पष्ट हुनेछन्,” वाग्लेले टिप्पणी गरे।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com