काठमाडाैं । नेपाली कांग्रेसका संस्थापनइतर समूहका नेता मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन्। विशेष महाधिवेशनको माग अघि सारिरहेका गुरुराज घिमिरेसहितको टोलीले प्रधानमन्त्रीको सरकारी निवासमा भेट गर्दै देशको वर्तमान राजनीतिक परिस्थितिबारे विस्तृत छलफल गरेको घिमिरेले बताए।
उनीहरूबीच आगामी चुनाव तयारी, सुरक्षा अवस्था र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।
प्रधानमन्त्री भेट्ने टोलीमा पूर्व सांसद राजेन्द्र बजगाईँ, देवराज चालिसे, उज्ज्वल बराल, टेकराज पौडेल, छडुप तामाङ र सन्दिप निरौला सहभागी थिए।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया