काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अधिवेशनसम्बन्धीको विवाद लम्बिँदै गइरहेका बेला आफूहरू न झुक्ने, न झुक्किने बताएका छन् ।

आगामी पुस १६ भित्र नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनमा जानुपर्ने धारणा सार्वजनिक भइरहेका बेला थापाले मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै पार्टीभित्रको हालको बहस ‘मिति’ भन्दा ठूलो—‘सुधारको आवश्यकतासँग’ जोडिएको भएको बताए।

advertisement

थापाका अनुसार नागरिकले कांग्रेसलाई दिएको ताजा राजनीतिक सन्देश अत्यन्तै प्रष्ट छ—पुरानै ढर्राले पार्टी चलाएर जनताको विश्वास फिर्ता पाउन सकिँदैन। ‘पुरानो शैली अब चल्दैन। सुधार गरेर मात्र कांग्रेसप्रति जनताको भरोसा फर्किन्छ,’ उनले भने।

भित्रि विवाद बढ्दै गइरहेका बेला उनले नेता–कार्यकर्तालाई शान्त, धैर्यशील र संयमित रहन आग्रह गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ‘नयाँ ऊर्जा र सुधारिएको स्वरूप’ सहित अघि बढ्ने प्रतिवद्धता जनाए।

‘सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ मजबुत बन्छ,’ थापाले भने, ‘हामी न झुक्छौँ, न झुक्किन्छौँ।’

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com