गुल्मी । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई ‘खरानीबाट बनेको सरकार’ भन्दै जनमतको सम्मान गर्ने वातावरण सिर्जना गर्न असफल भएको आरोप लगाएकी छन्।

अर्घाखाँचीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै झाँक्रीले सरकारले देशलाई लोकतान्त्रिक मार्गबाट विचलित पार्ने प्रयास गरिरहेको दाबी गरिन्। उनका अनुसार सरकार निर्वाचन नै टार्न चाहने मनसायसहित अघि बढिरहेको छ।

advertisement

झाँक्रीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार अझै फिर्ता नभएको र फरार कैदीबन्दीहरू खुलेआम हिँडडुल गरिरहेको अवस्थाले निष्पक्ष निर्वाचन सम्भव नहुने टिप्पणी गरिन्।

उनले संसद् पुनर्स्थापना गरी लोकतान्त्रिक प्रक्रियालाई सही दिशामा फर्काउनु आवश्यक रहेको बताउँदै संविधान र लोकतन्त्र जोगाउन संसद् र निर्वाचन दुवै अपरिहार्य भएको धारणा राखिन्।

झाँक्रीका अनुसार सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आवत–जावतमा रोक जस्तै व्यवस्था गर्दै विपक्षी नेतृत्वलाई घेराबन्दी गर्ने काम गरिरहेको छ, जसले सरकारको निर्वाचनप्रति अनिच्छा स्पष्ट हुन्छ।

सरकार राष्ट्रिय हितविपरीत निर्णयहरू गर्दै देशलाई कमजोर बनाउने दिशामा लागेको आरोपसमेत उनले लगाइन्।

सबै प्रमुख राजनीतिक दल, जेनजी पक्षसहित, सम्मिलित हुने संयोजनबाट नयाँ सरकार गठन गरी भयरहित र निष्पक्ष वातावरणमा छिट्टै निर्वाचनतर्फ अघि बढ्नु आजको प्रमुख आवश्यकता भएको झाँक्रीको भनाइ छ।

उनले अन्त्यमा सबै दल मिलेर संसद् पुनर्स्थापना गरी देश, संविधान र लोकतन्त्र जोगाउने साझा अभियानअन्तर्गत निर्वाचनमा जानुको विकल्प नभएको औँल्याइन्।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com